'प्रचण्डले एमालेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न ढिला गर्नुभयो'

'प्रचण्डले एमालेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न ढिला गर्नुभयो'

काठमाडौं : एमालेका सांसद योगेश कुमार भट्टराईले देश संकटमा पर्न थालेपछि कांग्रेस र एमाले मिलेको बताएका छन्। 

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेलाई बाहिरै राखेर कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गरेको समेत आरोप लगाए। 

उनले भने, ‘अस्थिरता हुन्छ भनेर हामी तलै बस्यौँ र प्रधानमन्त्रीजीलाई सहयोग गर्यां। तर, गाइँगुइँ के सुन्यौँ भने प्रधानमन्त्रीले कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गर्नुभयो। राष्ट्रिय सहमतिको सरकार बन्ने कुरा नराम्रो होइन तर, त्यसबेला एमालेलाई बाहिरै राख्ने भन्नेखाले कुरा भएको सुन्यौँ।’

उनले प्रधानमन्त्री प्रचण्डले चाँडै नै राजीनामा दिँदा उचित हुने समेत बताए।  

उनले प्रधानमन्त्री प्रचण्डले एमालेलाई ढिलागरी प्रधानमन्त्रीको प्रस्ताव गरेको बताए। 

‘असार १८ गतेजस्तो लाग्छ, उहाँले हाम्रो अध्यक्षलाई बोलाएर यही गठबन्धनबाट प्रधानमन्त्री बन्नुस् भन्नुभयो। तर, त्यसबेला निकै ढिलो भइसकेको थियो,’ उनले भने।

असार २२, २०८१ आइतबार १४:०९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।