पूर्वपति मनोज गजुरेलको घरमा दलबलसहित ताल्चा लगाउन पुगेकी मीना ढकाल पक्राउ

पूर्वपति मनोज गजुरेलको घरमा दलबलसहित ताल्चा लगाउन पुगेकी मीना ढकाल पक्राउ

काठमाडौं : हास्य कलाकार मनोज गजुरेलको भक्तपुरको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ। 

उनीहरूको कानुनी रूपमा सम्बन्ध विच्छेद भएको सात वर्ष भइसकेको भएपनि पछिल्लो समय पूर्वपति मनोजलाई जोडेर मीनाले विवादास्पद अभिव्यक्ति दिँदै आइरहेकी छन्। यसैबीच आज बिहान मनोज घर नभएको मौका छोपेर उनी दलबलसहित बालकोट पुगेकी थिइन्। 

 मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मीनाले  मनोजकी ८५ वर्षीया आमालाई लछारपछारसमेत पारेकी थिइन्। 

उनले पछिल्लो पटक बालकोटको घर आफ्नो भन्दै त्यहाँ आफू बस्ने बताइरहेकी थिइन्। त्यसैले आज केही अभियन्ता भनिने युवाहरू लिएर त्यस घरमा चाबी लगाउन पुगेकी हुन्। 

मीनालाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको र अब मुद्दा अघि बढाउने जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए। 

असार २२, २०८१ आइतबार १३:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।