एमालेले प्रधानमन्त्रीलाई भन्यो- अल्पमतको सरकारले गरेको निर्णय राष्ट्र हित विपरीत हुन्छ

एमालेले प्रधानमन्त्रीलाई भन्यो- अल्पमतको सरकारले गरेको निर्णय राष्ट्र हित विपरीत हुन्छ

काठमाडौं : एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर सरकार निर्माणमा मार्ग प्रशस्त गर्नका लागि माग गरेको छ। 

आइतबार बसेको संसदीय दलको निर्णय सुनाउँदै प्रमुख सचेतक महेश बर्तौलाले बैठकले सरकारको राजीनामा माग गर्नकासाथै अल्पमतमा परेर पनि राष्ट्र हित विपरीत विभिन्न निर्णय गरिरहेको बताए। 

उनले भने, ‘यो सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि स्पष्ट अल्पमतमा परिसकेको छ। तर, अझै पनि राजीनामा दिएको अवस्था छैन। त्यसैले बैठकले अविलम्ब राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्नका लागि बैठकले माग गरेको छ। अहिले सरकारले अल्पमतमा परेर पनि विभिन्न निर्णय गरिरहेको छ भनेर बाहिर आएको छ। सरकारले निर्णय गर्ने हैसियत राख्दैन। यसरी निर्णय गर्ने राष्ट्र हित विपरीत हुन्छ। त्यसैले हाम्रो पहिलो माग अहिलेको अहिल्यै राजीनामा माग्नु हो।’

उनले १० दिन समय माग्दै प्रधानमन्त्रीले के बहानामा अल्झाइ रहेको भन्दै उनले असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिए विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको बताए। 

असार २२, २०८१ आइतबार १२:४४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।