नारायणी नदीको भंगालोमा माछा मार्ने क्रममा फसेका २ जनाको सकुशल उद्धार

नारायणी नदीको भंगालोमा माछा मार्ने क्रममा फसेका २ जनाको सकुशल उद्धार

काठमाडौं : सशस्त्र प्रहरीले नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको छ। 

शनिबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा फसेकाको सशस्त्र प्रहरीको गोताखोरले उद्धार गरेको हो। 

नदीको भंगालोमा माछा मार्ने क्रममा फसेका उनीहरूको करिब पाँच घण्टापछि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले बताए। 

उद्धार गरिएकाहरूमा गैडाकोट नगरपालिका–५ का ५० वर्षीय ओमबहादुर गुरुङ र ४२ वर्षीय खुमबहादुर गुरुङ छन्। बाढीमा फसेका ३५ वर्षीय रमेश बोट भने पौडिएर निस्किएका थिए। 

असार २२, २०८१ आइतबार १०:५८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।