कांग्रेस-एमाले गठबन्धनबारे सांसदलाई जानकारी दिन एमाले संसदीय दलको बैठक बस्दै

कांग्रेस-एमाले गठबन्धनबारे सांसदलाई जानकारी दिन एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं : एमाले संसदीय दलको बैठक आज बस्दैछ। 

गत सोमबार भएको एमाले र कांग्रेसको सत्ता सहकार्यबारे सांसदहरूलाई जानकारी दिन बस्ने बैठक बिहान १० बजेका लागि बोलाइएको छ। 

संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउने पार्टीका प्रमुख सचेतक महेस बर्तौलाले बताए। 

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो। 

सहमति अनुसार सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन्। 

असार २२, २०८१ आइतबार ०८:५५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।