शतिस सिंह : एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री, २९ दिनपछि कांग्रेस-एमाले गठबन्धनबाट विश्वासको मत

शतिस सिंह : एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री, २९ दिनपछि कांग्रेस-एमाले गठबन्धनबाट विश्वासको मत

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री शतिस सिंहले सदनबाट विश्वासको मत पाएका छन्। 

शनिबार प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएको सभामुख रामचन्द्र मण्डलले बताए। 

प्रदेश सभामा रहेको १०७ सांसदहरूमध्ये ६७ जना सांसदहरूले उनको पक्षमा मतदान गरेका छन् भने ३४ जना सांसदले विपक्षमा मतदान गरे। 

जनमत पार्टीका नेता सिंह गएको जेठ २५ गते एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसबेला केन्द्रमा एमाले-माओवादी गठबन्धन थियो। 

तर, २९ दिनपछि उनलाई फरक गठबन्धनले विश्वासको मत लिनुपर्ने परिस्थिति बन्यो। शनिबार मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिए।

माओवादी र एकीकृत समाजवादीले भने उनको विश्वासको मतको विपक्षमा मतदान गरे।  

असार २१, २०८१ शनिबार १६:२९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।