दुई लाख भारतीय रुपैयाँ तथा चरेशसहित तीन जना पक्राउ

दुई लाख भारतीय रुपैयाँ तथा चरेशसहित तीन जना पक्राउ

काठमाडौं : बाराको कलैया उपमहानगरपालिका-१० स्थित मटिअर्वा र शनिश्चरे ईलाकाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

असार २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारत घर बताउने अन्दाजी ३६ वर्षिय सत्येन्द्र कुमारलाई नियन्त्रणमा लिएको हो।

बिआर २८ एडी ९२५८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनको साथमा भारतीय  नोट  फेला परेको हो।

त्यस्तै असार १८ गते सोही गुल्मले करीव १० किलो २ सय ३० ग्राम चरेशसहित भारत घर बताउने अन्दाजी २१ वर्षिय भरत साह र १८ वर्षीय मनिष कुमारलाई नियन्त्रणमा लिएको छ।

बीआर ०५ बी.ई. ०७६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले  मोटरसाइकलको हेल्मेट र सिटमुनी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा चरेश फेला परेको हो।

नियन्त्रमा लिइएकाहरूलाई बरामद रुपैयाँ, चरेश र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।

असार २१, २०८१ शनिबार १३:२५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।