सुतेको ठाउँमा अचेत भेटिएका ओली निवासका सुरक्षा प्रमुखको मृत्यु

सुतेको ठाउँमा अचेत भेटिएका ओली निवासका सुरक्षा प्रमुखको मृत्यु
फाइल तस्बिर

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीकाे निजी निवास बालकाेटको सुरक्षाको नेतृत्व गरिरहेका सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको मृत्यु भएको छ।

आफ्नै घरमा सुतेका उनी शनिबार विहान अचेत भेटिएपछि उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

भक्तपुर प्रहरीका अनुसार ४२ वर्षीय थापा शुक्रबार बेलुका भक्तपुर, सूर्यविनायक नगरपालिका-९, गुण्डुस्थित घरमा खाना खाएर सुतेका थिए। शनिबार बिहान करिब ५:३० मा उनी अचेत भेटिएका थिए।

उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा बिहान ६:५० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान सकेर थापाको शव पोष्टमटर्मका लागि टिचिङ अस्पताल, महाराजगञ्ज पठाइएको छ।

असार २१, २०८१ शनिबार ११:३८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।