कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त

कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त

काठमाडौं : लेबर पार्टीका नेता कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्।

राजा चार्ल्स तृतीयले उहाँलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको हो।

बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा लेबर पार्टीले ४१२ स्थानमा जित निकाल्दै सत्ताको ढोका खोलेको हो।

६५० सदस्य रहेको बेलायती संसद् ‘हाउस अफ कमन्स’मा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ।

लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याएपछिको यो दोस्रो ठूलो सफलता हो।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्ट्यामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताए।

विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ। पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ।

असार २१, २०८१ शनिबार ०८:२३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।