शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा ‘जुलाई ज्याकपट अफर’

शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा ‘जुलाई ज्याकपट अफर’

काठमाडौं: शाओमीले आफ्नो नेपाली ग्राहकहरूको  लागि ‘जुलाई ज्याकपट अफर’ शुरु गरेको छ।

अफरमा ग्राहकले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा जुलाई ३१ सम्म चार हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्।

यो छुट शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्ने विश्वासका आधारमा आफूहरूले अफर ल्याएको बताए।

ग्राहकले अब रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि मा धेरै पैसा खर्च नगरिकन प्रिमियम सुविधाहरू र शीर्ष-स्तरीय प्रदर्शनको आनन्द लिन सक्छन्।

यस्तो छ नयाँ अफरः

रेड्मी  नोट १३
६/१२८ जीबी: पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,९९९ मात्र 
८/२५६ जीबी: पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २६,९९९ मात्र 

रेड्मी नोट १३ प्रो
८/२५६ जीबी: पुरानो मूल्य रु. ३४,९९९ , अफर मूल्य रु. ३२,९९९ मात्र 
१२/५१२ जीबी: पुरानो मूल्य रु. ३९,९९९ , अफर मूल्य रु. ३५,९९९ मात्र 

रेड्मी नोट १३ प्रो प्लस ५जी
८/२५६ जीबी: पुरानो मूल्य रु. ४७,९९९ , अफर मूल्य रु. ४५,९९९ मात्र 
१२/५१२ जीबी: पुरानो मूल्य रु. ५२,९९९ , अफर  मूल्य रु. ५०,९९९ मात्र 

असार २१, २०८१ शनिबार ०७:५८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।