ब्रिलियर साइन्सको कपाल सम्बन्धी सेरामाइड स्याम्पु नेपालमा, प्राकृतिक उत्पादन भएको कम्पनीको दाबी

ब्रिलियर साइन्सको कपाल सम्बन्धी सेरामाइड स्याम्पु नेपालमा, प्राकृतिक उत्पादन भएको कम्पनीको दाबी

काठमाडौँ : अन्तर्राष्ट्रिय ब्युटी प्रडक्ट ‘ब्रिलियर साइन्स’ ले कपाल सम्बन्धी नयाँ प्रडक्ट सेरामाइड स्याम्पु नेपालमा सार्वजनिक गर्यो। याक एन्ड यति होटेलमा आयोजित कार्यक्रममा नयाँ प्रडक्ट सार्वजनिक गरेको हो।

भारतबाट आएका प्रतिनिधिसहित आयोजक हेमन्त निरौलाले कार्यक्रममा सहभागीहरूलाई ब्रिलियर साइन्सका ब्युटी प्रडक्टबारे जानकारी दिएका थिए। कार्यक्रममा सहभागीहरूलाई हेयर ट्रिटमेन्टको प्रयोग गरिएको थियो। कार्यक्रममा पार्लर र ब्युटी ट्रिटमेन्टको क्षेत्रका सक्रिय र विज्ञहरु सहभागी थिए।

कम्पनीले ब्रिलियर साइन्सका सबै उत्पादनका कच्चा पदार्थहरू शत प्रतिशत प्राकृतिक प्रयोग हुने कम्पनीले जानकारी दिएको छ। यसले छाला र कपालमा कुनै नकारात्मक प्रभाव नपार्ने कम्पनीको दाबी छ।

असार २०, २०८१ शुक्रबार १४:२३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।