टाटा नेपालद्वारा इभी मन्सुन एक्सचेन्ज मेला सुरू

टाटा नेपालद्वारा इभी मन्सुन एक्सचेन्ज मेला सुरू

काठमाडौं : नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टियागो इभी मन्सुन एक्सचेन्ज मेला आयोजना गरेको छ।

मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ।

टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरूमा असार २१ गतेदेखि २३ गतेसम्म एक्सचेञ्ज हुनेछ।

मेलामा सहभागी भएर ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधाहरूको फाइदा लिन सक्नेछन्।

साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरू पनि पाउनेछन्। उल्लेखित अफरहरू मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ।

ग्राहकहरूको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभी मन्सुन एक्सचेन्ज मेला बिहान ९ बजेदेखि राती ९ बजे सम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरूमा हुनेछ।

असार २०, २०८१ शुक्रबार १३:१९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।