हुन्डाईको कोना किन्न अब शून्य प्रतिशत ब्याजदर

हुन्डाईको कोना किन्न अब शून्य प्रतिशत ब्याजदर

काठमाडौं : नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी ‘कोना’को खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ।

दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबूत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन्।

हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ। कोना जीएलको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ र जीएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ।

३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको हुन्डाई कोना एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनी दाबी छ।

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ। यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्ने कम्पनीले जनाएको छ।

उसका अनुसार विभिन्न चरणमा गरेको हाइ भोल्टेज ब्याट्री चेकअप क्याम्पमा पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधनमा परीक्षणको नतिजा अनुसार ५ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ९८ प्रतिशत भन्दा बढी पाइएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। साथै ईभी चार्जिङ गर्नका लागि ४४+ भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिदै आएको छ।

असार २०, २०८१ शुक्रबार १२:४९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।