सुदूरपश्चिममा एमालेले मन्त्री फिर्ता बोलायो

सुदूरपश्चिममा एमालेले मन्त्री फिर्ता बोलायो

काठमाडौं : एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ।

बिहीबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितिमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाए।

रावलसँगै एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीले समेत राजीनामा बुझाएका छन्।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरा सार्की र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका छन्।

सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री छन्। केन्द्रमा कांग्रेस-एमाले सरकार बन्ने भएपछी एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता गरेको हो।  

असार १९, २०८१ बिहीबार २१:३७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।