१२ मन्त्री डाँकेर प्रधानमन्त्री प्रचण्डले राखे मन्त्रिपरिषद् बैठक

१२ मन्त्री डाँकेर प्रधानमन्त्री प्रचण्डले राखे मन्त्रिपरिषद् बैठक

काठमाडौँ : एमालेको समर्थन फिर्तासँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक राखेका छन्।

 

सिंहदरबारमा उनले माओवादी, रास्वपा र जनता समाजवादी पार्टीका मन्त्री बोलाएर बैठक राखेका हुन्। नेपाली कांग्रेस र एमालेबीच सरकार गठनको सहमतिपछि बुधवार एमालेका ८ मन्त्रीले राजीनामा बुझाएका थिए।

रास्वपाले बिहीबार राजीनामा दिन खोजेकोमा प्रधानमन्त्रीले विश्वासको मत लिने बेलासम्म साथ दिन आग्रह गरेपछि उनीहरू राजीनामा नदिई फर्किए। जसपाले एमाले-काङ्ग्रेस गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे पनि सरकार भने छाडेको छैन। 

असार १९, २०८१ बिहीबार २०:४७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।