गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशको राय बाझियो

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशको राय बाझियो

काठमाडौं : गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ।

सर्वोच्चका न्यायाधशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो। दुई सदस्यीय इजलासमा राय बाझिएकाले अब तीन वा सोभन्दा बढी न्यायाधीश सम्मिलित इजलासमा सुनुवाइ हुने सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। 

सारंगा सुवेदीले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने (राजीनामा) परमादेश गरेकी छन् भने सपना मल्ल प्रधानले गृहमन्त्रीविरुद्ध निष्पक्ष अनुसन्धान हुनुपर्ने परमादेश गरेकी छन्।

अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी गरेको आरोप लगाउँदै रिट दायर गरेका थिए। रिटमा मन्त्री लामिछानेसँगै महान्यायाधिवक्ता डा. दिनमणि पोखरेललाई विपक्षी बनाइएको छ।

असार १९, २०८१ बिहीबार २०:१५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।