प्रधानमन्त्री नबन्दै ओलीको स्टन्टः सुरू, एसईईको मौका परीक्षाका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा

प्रधानमन्त्री नबन्दै ओलीको स्टन्टः सुरू, एसईईको मौका परीक्षाका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा

काठमाडौं : गएको सोमबार राति संविधान शंसोधन गर्ने दाबी गर्दै बनेको कांग्रेस-एमाले गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने चर्चा छ। तर, ओलीले भने प्रधानमन्त्री नबन्दै स्टन्टः देखाउन थालिसके। 

बिहीबार रूपन्देहीमा ओलीले एसईईको मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गरे।

एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले एसईईको मौका परीक्षाका लागि अंग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षाहरू अनलाइनमार्फत नि:शुल्करूपमा उपलब्ध गराइने बताए।

'तपाईंहरूसँग खुसी साटिरहेका बेला अब मौका परीक्षा दिने विद्यार्थीलाई खुसी म के साट्न चाहन्छु भने उहाँहरूलाई उत्तीर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सोसियोलोजीका क्लासहरू अनलाइनमार्फत सबै विद्यार्थी एसईई दिँदै हुनुहुन्छ। उहाँहरूलाई उपलब्ध गराइनेछ, निःशुल्क। देशभर नै,' उनले भने।

उनले काठमाडौंबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने बताए। 

असार १९, २०८१ बिहीबार २०:०८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।