काठमाडौं र झापामा डेंगीको संक्रमण बढ्यो

काठमाडौं र झापामा डेंगीको संक्रमण बढ्यो

काठमाडौं : देशभर बढ्दै गएको डेंगीको संक्रमण ७३ वटा जिल्ला संक्रमण पुष्टि भएको छ। 

इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी)का अनुसार देशका ७३ जिल्लामा १ हजारभन्दा बढीमा डेंगी सङ्क्रमण पुष्टि भएको छ। 

डेंगी संक्रमणबाट सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ। इडिसिडीको तथ्यांक अनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगी पुष्टि भएको छैन।  

काठमाडौं र झापामा सबैभन्दा बढी डेंगी पुष्टि भएको छ। काठमाडौंमा १५९, झापामा १२० जनामा डेंगी पुष्टि भएको छ। गत वर्ष ५२ हजार ७९० जनामा डेंगी पुष्टि भएको थियो। 

चिकित्सकका अनुसार डेंगी हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो।

असार १९, २०८१ बिहीबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।