१६ सयले बढ्यो सुन, तोलामा चालिसले उक्लियो चाँदी

१६ सयले बढ्यो सुन, तोलामा चालिसले उक्लियो चाँदी

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा १६ सय रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ६ सय रुपैयाँ हुँदा चाँदी तोलाको १ हजार ८६५ रुपैयाँ पुगेको छ।

बुधबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ७ सय र चाँदी १ हजार ८२५ रुपैयाँ थियो।

असार १९, २०८१ बिहीबार ११:५१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।