बेलायतमा आज आम निर्वाचन, ६५० सिटका लागि चार करोड ६० लाखले मतदान गर्ने

बेलायतमा आज आम निर्वाचन, ६५० सिटका लागि चार करोड ६० लाखले मतदान गर्ने

एजेन्सी : सन् १९४५ पछि बेलायतमा आज पहिलो पटक निर्वाचन हुँदैछ।

निर्वाचनका लागि स्थानीय विद्यालय, सामुदायिक हललगायतका भवनमा मतदान केन्द्र स्थापना गरिएको छ।

चार करोड ६० लाख मतदाताले ६५० हाउस अफ कमन्स सदस्यहरू चयनका लागि बिहान ७ बजेदेखि बेलुकी १० बजेसम्म मतदान हुनेछ।

निर्वाचनका सम्बन्धमा गरिएका सबै जनमत सर्वेक्षणमा लेबर पार्टीका उम्मेदवार केयर स्टाररको जित्ने दाबी गरिएको छ।

वर्तमान प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका उम्मेदवार ऋषि सुनकले चुनावमा निकै सशक्त प्रचार गरे पनि त्यसबाट खासै फाइदा नहुने सर्वेक्षणले देखाएको छ।

६५० सिटको चुनावी नतिजा बिहीबार राति वा शुक्रबार बिहानसम्ममा आइसक्ने बीबीसीले जनाएको छ। बेलायतमा सरकार बनाउन कुनै पनि दलसँग ३२६ सिट हुनुपर्छ।

बेलायतमा निर्वाचन क्षेत्रको सिमानामा हालैको सीमांकन र परिवर्तनहरू भएका छन्। सीमांकनपछि हुने यो नै पहिलो निर्वाचन हो।

पहिलाको तुलनामा इंग्ल्यान्डमा १० निर्वाचन क्षेत्र बढेर कुल सिट संख्या ५ सय ४३ पुग्दा वेल्समा आठ सिट घटेर ३२ र स्कटल्यान्डमा दुई सिट घटेर ५७ सिट भएको छ।

उत्तरी आयरल्याण्डको सिट संख्या भने १८ नै छ।

असार १९, २०८१ बिहीबार ११:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।