'३० दिनमा हाम्रो फाइलहरू खोल्नुस्'

'३० दिनमा हाम्रो फाइलहरू खोल्नुस्'

काठमाडौँ : नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेतले विश्वासको मत लिने समयसम्म ३० दिनको समय रहेकाले आफ्नो पार्टीका नेताहरूको फाइल खोल्न चुनौती दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले फाइल खुल्ने डरले गठबन्धन बदलेको दाबी गरेका थिए।

उनले राष्ट्रिय सभा बैठकमा बोल्दै जो जसको फाइल खोल्नुपर्ने हो खोल्न चुनौती दिँदै भने' पुलिस प्रशासन तपाईँहरूसँग छ, बेचन झा समातिएका छन्, प्रतीक थापा समातिएका छन्। फाइल खोलौँ। हामी तयार छौँ।'

धम्कीको राजनीति नगर्न चेतावनी दिँदै उनले सुनको फाइल होस् अन्य फाइल नेपाली कांग्रेसको सरकार आएपछि पनि खुल्ने बताए।

असार १८, २०८१ बुधबार २२:३०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।