चार महिनामै सरकारलाई दिएको समर्थन फिर्ता लिने सोच थिएन : कानुन मन्त्री गिरी

चार महिनामै सरकारलाई दिएको समर्थन फिर्ता लिने सोच थिएन : कानुन मन्त्री गिरी

काठमाडौँ : एमालेबाट कानुन मन्त्री रहेका पदम गिरीले चार महिनामै सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ भन्ने सोच नभए पनि सरकारको काम प्रभावकारी नभएपछि राजीनामा दिनु परेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर अन्य एमाले नेतासहित बालुवाटारबाट बाहिरिँदै उनले चार महिनामा कन अपेक्षा अनुसार सरकारले कामै गर्न नसकेको बताए।

'जनताको निराशा यथावतै रह्यो, आर्थिक अवस्थामा जस्तो सुधार आउनुपर्थ्यो, जुन सङ्केत आउनुपर्थ्यो त्यो आउन सकेन' उनले भने' नीति तथा कार्यक्रम र बजेट ल्याउने सन्दर्भमा एमालेसँग जुन प्रकारको छलफल हुनुपर्थ्यो त्यो हुन सकेन। सल्लाह, सुझाव लिन इच्छा देखाउनु भएन।'

गठबन्धनको प्रधानमन्त्री हुँ भन्ने बिर्सिएर एकल दलको प्रधानमन्त्री जस्तो व्यवहार गर्दा सँगै जान सक्ने अवस्था नभएको उनको दाबी थियो।

उनले राजनीतिक स्थायित्वका निम्ति राष्ट्रिय सरकार गठन गर्नुपर्ने आवश्यकता अनुसार प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था आएको दाबी गरे।

असार १८, २०८१ बुधबार २२:०५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।