चना खाँदा घाँटीमा अड्किएर ३ वर्षीय बालकको ज्यान गयो

चना खाँदा घाँटीमा अड्किएर ३ वर्षीय बालकको ज्यान गयो

काठमाडौं : दाङमा चना खाने क्रममा घाँटीमा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवाका रुपा घर्तीका ३ वर्षीय छोरा राजेन्द्र घर्ती रहेका छन्। 

बुधबार ५ बजेपछि स्कुलबाट आएर घरमा पकाएको चना खाने क्रममा उनको घाँटीमा अड्किएपछि उपचारका लागि सिटि हस्पिटल तुलसीपुरमा लगिएको थियो। त्यहाँ डाक्टरले चेकजाँच गरेको केही समयमा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले बताए। 

अहिले मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।  

असार १८, २०८१ बुधबार २१:४४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।