एमाले मन्त्रीहरूले बुझाए राजीनामा, राष्ट्रिय सरकार गठन गर्न राजीनामा दिएको तर्क

एमाले मन्त्रीहरूले बुझाए राजीनामा, राष्ट्रिय सरकार गठन गर्न राजीनामा दिएको तर्क

काठमाडौँ : एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएका छन्। एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका छन्।

राजीनामा पत्रमा एमालेको तर्फबाट तपाईँको नेतृत्वको वर्तमान सरकारमा मन्त्रीको जिम्मेवारी बहन गरी आएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्यले मङ्गलवार पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको हुँदा आफ्‌नो पदबाट आजै (मङ्गलवार)देखि लागू हुने गरी राजीनामा दिएको उल्लेख छ।

सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक मन्त्रीमा रघुवीर महासेठ, कानुनमा पदम गिरी लगायत आठ मन्त्रीहरू सहभागी थिए।

असार १८, २०८१ बुधबार २०:३९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।