राजीनामा दिन एमाले मन्त्रीहरू बालुवाटारमा

राजीनामा दिन एमाले मन्त्रीहरू बालुवाटारमा

काठमाडौँ : एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले आजै राजीनामा दिन लागेका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले अहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा दिन लागेका हुन्।

राजीनामा दिन मन्त्रीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका छन्। एमालेबाट सरकारमा रघुवीर महासेठको नेतृत्वमा पदम गिरी लगायतकाहरु छन्।

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने सहमतिपछि मंगलबारको एमाले सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेको थियो। 

माओवादी केन्द्रको बैठक बसेर राजीनामा नदिने बरु विश्वासको मत लिने निर्णय गरेको थियो। नेपाली कांग्रेसले समेत राजीनामा दिन आग्रह गरेको थियो। तर प्रचण्ड ले आग्रह स्विकार नगरेपछि एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो। 

असार १८, २०८१ बुधबार २०:००:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।