संविधान संशोधन गर्नेगरि कांग्रेस एमाले मिलेकोमा खुसी देखिए राप्रपा अध्यक्ष

संविधान संशोधन गर्नेगरि कांग्रेस एमाले मिलेकोमा खुसी देखिए राप्रपा अध्यक्ष

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनको लागि नयाँ समीकरण बन्नु प्रारम्भिक रूपमा स्वागत योग्य विषय भएको प्रतिक्रिया दिएका छन्।

मङ्गलवार नयाँ समीकरणको विषयलाई लिएर बसेको बैठकको बारेमा जानकारी दिँदै उनले राप्रपाले सधैँ अहिलेको संविधानले काम गर्दैन र यही संविधानबाट अगाडि जान सकिँदैन भन्ने उठाउँदै आएको भन्दै संविधान संशोधनको विषय स्वागत योग्य भएको बताए।

‘अहिले काङ्ग्रेस र एमालेले जुन नयाँ सहमति बनाएको समाचार बाहिर आएको छ त्यो सहमतिको मूल मुद्दा भनेको संविधान संशोधन रहेको छ’ उनले भने 'प्रमुख दल र दोस्रो मुख्य दल मिलेर संविधान संशोधन गर्न मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ। त्यसलाई हामीले प्रारम्भिक रूपमा स्वागत योग्य विषय मानेका छौ।'

उनले सरकारमा जाने नजाने भन्ने समीकरणले कस्तो स्वरूप लिन्छ र कसरी अगाडि बढ्छ सबै हेरेर मात्र आफ्नो धारणा बनाउने निर्णय गरेको जानकारी दिए। 

असार १७, २०८१ मंगलबार २०:२७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।