कांग्रेससँग मिलेर प्रचण्डले सरकार बनाउने प्रयास गरेकाले गठबन्धन बदलिएको एमालेको दाबी

कांग्रेससँग मिलेर प्रचण्डले सरकार बनाउने प्रयास गरेकाले गठबन्धन बदलिएको एमालेको दाबी

काठमाडौँ : एमालेको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेको छ। मङ्गलवार बसेको पार्टीको सचिवालय बैठकले तत्काल मन्त्रीहरू फिर्ता नबोलाउने निर्णय गर्दै प्रचण्डलाई बुधवारसम्म राजीनामा दिन आग्रह गरेको हो।

बैठकले कांग्रेससँग भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत र समर्थन गर्ने निर्णय गरेको र राजनीतिक स्थायित्व र समृद्धिका लागि सबै राजनीतिक दललाई सरकारमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

प्रचण्डले एमालेसँग छलफल नगरी प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको दाबी गरे।

ज्ञवालीले गत एक हप्तादेखि प्रचण्डले कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन वार्ता नै थालेकाले गठबन्धनको सहयोगीको रूपमा अविश्वासको वातावरण सिर्जना गरेकाले सोमबारको स्थिति आएको दाबी समेत गरे।

प्रधानमन्त्री प्रचण्डको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको र राष्ट्रिय सरकार गठनका लागि एमाले र कांग्रेसले छलफल अघि बढाएको उनको दाबी थियो।

असार १७, २०८१ मंगलबार २०:०४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।