दक्षिण कोरियाको भीडमा कारले कुल्चिँदा नौ जनाको मृत्यु

दक्षिण कोरियाको भीडमा कारले कुल्चिँदा नौ जनाको मृत्यु

एजेन्सी : दक्षिण कोरियाको राजधानी सोलमा मानिसहरूको भीडमा कारले ठक्कर दिँदा नौ जनाको मृत्यु भएको छ।

यो घटना स्थानीय समयअनुसार सोमबार राति ९:३० बजेतिरको भएको प्रहरीले बताएको छ।

योन्ह्याप समाचार एजेन्सीका अनुसार कारका चालक ६८ वर्षका थिए। ट्राफिक स्टपमा उभिएर गाडी पर्खिरहेका मान्छेहरूको भीडलाई गाडीले ठक्कर दिएको थियो।

यस घटनामा घाइते भएका ४ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ। प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ। तर मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिइएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार भीडलाई कुल्चनु अघि कारले अन्य दुई सवारी साधनलाई पनि ठक्कर दिएको थियो।

असार १७, २०८१ मंगलबार १४:१५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।