‘कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो, यत्ति बुझ्न सकिँदैन र!’

‘कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो, यत्ति बुझ्न सकिँदैन र!’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो भनेर प्रश्न गरेका छन्।

सिंहदरबारमा भएको पार्टी सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुमाझ उनले यस्तो बताएका हुन्।

सुशासनका लागि केही मानिसहरु पक्राउ गर्दा देशलाई संकट नपर्ने भन्दै उनले नेपाली जनतालाई यसलाई राम्रोसँग बुझेर मूल्याङ्कन गर्ने बताए।

‘आज के संकट आइलाग्यो? सुशासनका लागि केही मानिसहरु पक्राउ परे। यो देशलाई आउन लागेको संकट थियो कि केही भ्रष्ट मानिसहरुलाई आउन लागेको संकट थियो? कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो होला। यति पनि बुझ्न सकिँदैन र!’

आफूले फाइल खोलेपछि एक रात पनि टिक्न नसक्ने अवस्था आएको भन्दै उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता किन आयो भन्दै प्रश्न गरे।

उनले थपे, ‘फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो। यसलाई के भन्नु र मैले। बेचैनीको अर्को के अर्थ होला? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो। संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको?’

लोकतन्त्रका लागि पनि बलियो प्रतिपक्ष हुनुपर्छ भन्ने सर्वमान्य सिद्धान्त भएको भन्दै उनले नयाँ सत्ता समीकरणमा रास्वपा सहभागी नहुने स्पष्ट पारे।

असार १७, २०८१ मंगलबार १३:४८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।