रियलमीको नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी चाँडै नेपाली बजारमा आउँदै

रियलमीको नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी चाँडै नेपाली बजारमा आउँदै

काठमाडौं : सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनहरू रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी नेपाली बजारमा ल्याउने तयारी गरेको छ।

रियलमी १२ एक्स फाइभ जीमा १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले २००० निट्ससम्मको पीक ब्राइटनेस प्रदान गर्दछ।

त्यस्तै रियलमी नार्जो ७० प्रो फाइभ जीमा पनि २००० निट्सको पीक ब्राइटनेस र १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले अद्वितीय भिजुअल क्ल्यारिटी र भ्युइङ एक्स्पिरियन्स प्रदान गर्दछ। दुवै स्मार्टफोनहरूमा ५००० एमएएच्को शक्तिशाली ब्याट्री छ, जसले गर्दा प्रयोगकर्ताहरूले फोन आरामसँग चलाऊन सक्छन्।

नार्जो ७० प्रो फाइभ जी 
नार्जो ७० प्रो फाइभ जीको फ्ल्यागशिप सोनी आइएमएक्स ८९०ओआइएस् क्यामरा र मास्टर शट एल्गोरिदमले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न पाउनेछन्। यसमा २००० निट्सको पीक ब्राइटनेस र १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले रहेको छ, जसले उत्कृष्ट भिजुअल क्ल्यारिटी प्रदान गर्दछ।

त्यस्तै यसमा भएको डाइमेन्सिटी ७०५० फाइभ जी चिपसेटले फोनको हरेक फंक्सनहरु हाई पर्फर्मेन्स र स्मूथ हुन्छन्। ५००० एमएएच्को शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथ आउन लागेको नार्जो ७० प्रो फाइभ जी पावर र पर्फर्मेन्सको सम्मिश्रण हो।

रियलमी १२ एक्स फाइभ जी
रियलमी १२ एक्स फाइभ जीमा रहेको एड्भान्स्ड ६ एन्एम् डाइमेन्सिटी  ६१००+ फाइभ जी चिपसेटले दमदार प्रदर्शन र प्रभावकारिता प्रदान गर्दछ।

९५० निट्सको पीक ब्राइटनेस र १२० हर्जको एफ्एच्डि प्लस डिस्प्ले भएको यो रियलमी १२ एक्स फाइभ जीले चुस्त र जीवन्त भ्युइङ एक्स्पिरियन्स प्रदान गर्दछ।

रियलमी १२ एक्स फाइभ जीको ५० एमपि कलर एआइ क्यामराले मिहिनताका साथ उत्कृष्ट फोटो लिन सक्छ। त्यस्तै ५००० एमएएच्को शक्तिशाली ब्याट्री र ४५ वाटको सुपरभोक चार्जले दिनभर फोन पावरमा राख्छ।

रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जीले रियलमीको इनोभेसनप्रतिको प्रतिबद्धतालाई जारी राख्दै प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोनहरू प्रदान गरेको छ।

असार १७, २०८१ मंगलबार १३:००:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।