महिन्द्राको एक्सयूभी ४०० सार्वजनिक, बुकिङ शुरू

महिन्द्राको एक्सयूभी ४०० सार्वजनिक, बुकिङ शुरू

काठमाडौं : महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा महिन्द्रा एक्सयूभी ४००  सार्वजनिक गरेको छ।

काठमाडौंमा एक कार्यक्रमका बीच कम्पनीले नेपालको लागि महिन्द्राको पहिलो विद्युतीय एसयूभीको रूपमा एक्सयूभी ४०० सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार एक्सयूभी ४०० ले उच्च-प्रदर्शन, स्टाइलिश, र प्राविधिक रूपमा उन्नत एसयूभीहरू प्रदान गर्छ। स्ट्यान्डआउट एक्सयूभी ४०० ईएल प्रो भेरियन्टमा ३९.४ किलोवाटको ब्याट्री छ।

महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका इन्टरनेशनल ओपेरसनसका हेड सचिन अरोलकरले नेपालमा महिन्द्रा एक्सयूभी ४०० प्रस्तुत गर्न पाउँदा खुशी व्यक्त गरे।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्री क्याबिनेट श्रेष्ठले एक्सयूभी ४०० ले प्रतिस्प्रर्धात्मक मूल्यमा उत्कृष्ट प्रदर्शन, डिजाइन, स्पेस र प्रविधि प्रस्तुत गरेको भन्दै नेपालमा लन्च गर्न पाउँदा खुसी रहेको बताए।

ब्याट्री र मोटरमा ३ वर्षको वारेन्टी रहने गाडीको बुकिङ २९ जुनबाट २०२४ बाट बुकिङ शुरू भएको भएको छ। यसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

असार १७, २०८१ मंगलबार ०८:३२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।