आफ्नै विद्यालयमा पढ्ने छात्रामाथि यौन हिंसा गरेको आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यालयमा पढ्ने छात्रामाथि यौन हिंसा गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ : मकवानपुरमा आफ्नै विद्यालयमा पढ्ने छात्रामाथि यौनजन्य हिंसा गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। 

मनहरी गाउँपालिका वडा नम्बर -३ स्थित महेन्द्रज्योति माविमा अध्ययनरत एकजना छात्रामाथि यौनजन्य हिंसा गरेको आरोपमा पीडित विद्यार्थीले निवेदन दिएपछि त्यस विद्यालयका शिक्षक दिनेश उप्रेती पक्राउ परेका हुन्। 

पीडित छात्राले पटक-पटक आफूलाई शिक्षक उप्रेतीले गलत आशयसहित हिंसा गरेको भन्दै प्रहरीमा निवेदन दिएपछि नेवारपानी प्रहरी चौकीबाट पुगेका प्रहरीले उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय हेटौंडा ल्याएको छ।

ती शिक्षकलाई हिरासतमा ल्याएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले बताए। 

असार १६, २०८१ सोमबार २१:५५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।