एनआईसी एशिया बैंकले सुरू गर्यो मास्टर कार्ड सेवा

एनआईसी एशिया बैंकले सुरू गर्यो मास्टर कार्ड सेवा

काठमाडौं : एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यले मास्टर कार्ड जारी गर्ने सेवा शुभारम्भ गरेको छ। 

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयबाट ग्राहकले प्राप्त गर्न सक्ने छन्। जसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कनटेक्लेस्स प्रविधिसमेत प्रयोग गरिएको बताइएको छ। 

यस कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटिएम तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्ने छन्। 

कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा रहेको यस बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो।

यस बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर तथा ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।  

असार १६, २०८१ सोमबार २०:२१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।