रोल्पाको माडीमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, ६ जना घाइते

रोल्पाको माडीमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, ६ जना घाइते

काठमाडौं : रोल्पाको माडी गाउँपालिका-४ परेवाछहरामा जीप दुर्घटना हुँदा एक बालकसहित ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि ६ जना घाइते भएका छन्। 

प्रहरीका अनुसार सोमबार माडी गाउँपालिका वडा नम्बर २ घर्तीगाउँ बजारबाट तालावाङ तर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो।

लु.१ ज ३२५२ नम्बरको उक्त जीप सडकबाट करिब ४०० मिटर तल खसेको थियो। गाडीमा १४ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। 

घाइतेहरूको उद्धार भइरहेको र उपचारका लागी स्वास्थ्य चौकी घर्तीगाउँ पुर्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको हो।  

असार १६, २०८१ सोमबार २०:०१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।