पेट्रोल दुई रुपैयाँ महंगो हुँदा डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो

पेट्रोल दुई रुपैयाँ महंगो हुँदा डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो

 काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पाँच रुपैयाँले मूल्य वृद्धि गरेको छ।

आइतबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत पेट्रोलमा प्रतिलिटर २ र डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि भएको जानकारी दिएको हो।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् छ। नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने निगमले जानकारी दिएको छ।

असार १५, २०८१ आइतबार २१:५७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।