पार्टी सभापती रविले कामको साटो गाली मात्र गरेको भन्दै रास्वपाका ६ नेता-कार्यकर्ताले छाडे पार्टी

पार्टी सभापती रविले कामको साटो गाली मात्र गरेको भन्दै रास्वपाका ६ नेता-कार्यकर्ताले छाडे पार्टी

काठमाडौँ : पार्टी सभापति रवि लामिछानेले गाली बाहेक केही गर्न नसकेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी त्यागेको घोषणा गरेका छन्।

उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टी सभापति लामिछाने सञ्चारकर्ममा हुँदा राजनीतिज्ञलाई, राजनीतिमा आएपछि सञ्चार क्षेत्रलाई, प्रतिपक्षमा हुँदा सरकारलाई र सरकारमा हुँदा प्रतिपक्षलाई गाली गर्नेबाहेक केही गर्न नसकेको उल्लेख छ।

उनको बोली र काममा ठुलै अन्तर देखिएको भन्दै उनीहरूले कार्यकर्ता, जनतालाई झुक्क्याउने र भ्रमको खेती गर्न पार्टी केन्द्रीय नेतृत्व माहिर रहेको भन्दै पार्टी सदस्य समेत नरहनेगरि अलग भएको उल्लेख छ।

सचिव खनालसहित मकवानपुर क्षेत्र नं १ का उपसभापति जगदीश दाहाल,, हैटौंडा उपमहानगर समिति सदस्य टङ्कबहादुर हिम्डुङ, हटौंडा वडा नं १२ का उपसभापति निर्मला प्रजा बास्तोलासँगै सिङ्गो वडा कमिटी, १७ का उपसभापति विकास श्रेष्ठ र सचिव श्यामसुन्दर राईले पार्टी त्यागेको घोषणा गरेका हुन्।

उनीहरूले शासकीय स्वरूप परिवर्तन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, प्रदेश खारेजीलगायत महत्त्वपूर्ण विषय चुनावी नारामा मात्र सीमित भएको र पार्टी नेतृत्वबाट कुनै प्रयास नभएको उल्लेख गरेका छन्।

असार १५, २०८१ आइतबार १८:३५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।