एकीकृत समाजवादीको महाधिवेशनमा एमाले नेता नआएकोमा माधव नेपालले भने 'सायद घाउ आलै होला'

एकीकृत समाजवादीको महाधिवेशनमा एमाले नेता नआएकोमा माधव नेपालले भने 'सायद घाउ आलै होला'

काठमाडौँ : एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन सत्रमा एमालेबाट कुनै नेता उपस्थित नभएकोमा माधव नेपालले’घाउ आलै भएकाले नआएको होला’ भन्दै व्यङ्ग्य गरे।

उद्घाटन कार्यक्रममा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतलाई धन्यवाद दिँदै उनले समारोहमा उपस्थित हुन नसकेका पार्टीका नेताहरूबारे बोलेका थिए।

एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपालले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको स्वास्थ्य ठिक नभएकाले नआएको, राप्रपाका नेताले आउँछु भनेको तर के भएर खै नआएको भन्दै एमालेबाट कुनै नेता उपस्थित नभएकोबारे बोलेका थिए।

‘एमालेबाट किन कोही उपस्थित भएन भन्ने तपाइहरूलाई लागेको होला। मैले १० औँ पटक फोन गरेको हो। तर लागेन। पिएहरुलाई भनेकै हो। सबै विस्तृत मेसेज पठाएको र मेसेज पाएको जानकारी पनि पाएकै हो’ उनले ब्यांग्यात्मक पाराले भने’ प्रधानमन्त्रीज्यू तपाइको यो टेलिफोनको सिस्टम अलि खराब भयो। सुधार्नु पर्यो।'

उनले भर्खर तीन वर्षको घाउ आलै होला भन्दै राजनीतिमा यस्ता कुरा पचाएर अगाडि बढ्न सक्नुपर्ने र यसलाई ठूलो र दुश्मनीको रुपमा हेर्न आवश्यक नभएको बताए।

असार १५, २०८१ आइतबार १६:४२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।