काठमाडौंका सुनिल खड्काले जिते ‘कमेडी च्याम्पियन सिजन–३’को उपाधि

काठमाडौंका सुनिल खड्काले जिते ‘कमेडी च्याम्पियन सिजन–३’को उपाधि

काठमाडौं : सुनिल खड्का ‘कमेडी च्याम्पियन सिजन–३’को विजेता बनेका छन्। शनिबार साँझ भएको ग्रान्ड फिनालेमा सुनिल विजेता बने। 

प्रतियोगितामा सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने नवलपरासीकी सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन्।

विजेता बनेसँगै काठमाडौंका २६ वर्षीय सुनिलले  २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी ‘नेटा भी’ कार प्राप्त गरे।

कमेडी च्याम्पियन सिजन-१ का विजेता हिमेश पन्त हुन् भने सिजन-२ को उपाधि भरतमणि पौडेलले जितेका थिए।    

असार १४, २०८१ शनिबार २०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।