डेढ वर्षपछि ओलीलाई भेट्न बालकोट पुगे देउवा

डेढ वर्षपछि ओलीलाई भेट्न बालकोट पुगे देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष्य केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

शनिबार दिउँसो ओली निवास बालकोटमा भएको ३ घण्टा लामो दुई नेताबीच समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ। तर, भेटको औपचारिक कारण भने खुलेको छैन। 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी पत्नी डा.आरजु राणालाई लिएर सभापति देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

कांग्रेस र एमालेबीच सत्ता सहकार्यको चर्चा भइरहेका बेला ओली र देउवाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता सहकार्य त्यागेर एमालेसँग मिलेपछि संसदबाटै एमाले अध्यक्ष्य ओलीले देउवालाई आफूसँग भेटवार्ता गर्न आह्वान गरेका थिए। त्यसयता एमाले र कांग्रेसका दोस्रो तहका नेताहरूबीचमा दुई ठूला पार्टीबीच सत्ता सहकार्य गरेर जानुपर्ने भन्दै छलफल चलिरहेको छ। 

एमसीसी परियोजनामा सहमति जुटाउन बालकोट पुगेका देउवा डेढ वर्षपछि ओलीलाई भेट्न बालकोट पुगेका हुन्। यसअघि यी दुई नेताबीच वान टु वान भेटवार्ता भएको थिएन।   

असार १४, २०८१ शनिबार २०:३०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।