एनसेलका मनसुन केन्द्रित र्यापिड रेस्पोन्स टिमहरूले थाल्यो काम, सेवा अवरुद्ध हुन नदिने दाबी

एनसेलका मनसुन केन्द्रित र्यापिड रेस्पोन्स टिमहरूले थाल्यो काम, सेवा अवरुद्ध हुन नदिने दाबी

काठमाडौं : विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्यापिड रेस्पोन्स टोली (आरआरटी)ले काम थालेका छन्। यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः संचालनमा ल्याउन सम्भव हुने बताइएको छ। 

मनसुनजन्य प्रकोपहरूका कारण दूरसञ्चार सेवामा हुनसक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरूलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको हो। 

यी टोलीहरूले काम गरेका कारणले हावाहुरी र भारी वर्षाको असरका बावजुत असार १२ गते बुधबार कोशी, मधेश र गण्डकी प्रदेशका १५ भन्दा बढि जिल्लाका ११६ मोबाइल टावर संचालनमा असर गरेपनि ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढि टावरहरूलाई पुनः संचालनमा ल्याइएको थियो। 

आरआरटीहरुलाई विशेष रूपमा आपतकालीन अवस्थाहरू सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ। वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुनसक्ने सेवाहरूको द्रुत गतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्य अनुरूप यी आरआरटीहरू गठन गरिएका हुन्।

केही गरि सेवा अवरुद्ध भएमा यथाशक्य चाँडो सेवा पुनः संचालनमा ल्याउन र्यापिड रेस्पोन्स टोली जिम्मेवार रहन्छ।

एनसेलले विपद् पूर्वतयारी स्वरूप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ। विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न प्रतिबद्ध रहेको कम्पनीको दाबी छ।  

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारीसमेत प्रदान गर्दै आएको छ। 

असार १४, २०८१ शनिबार २०:०६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।