महिन्द्राको अलइलेक्ट्रिक एक्सयूभी ४०० सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

महिन्द्राको अलइलेक्ट्रिक एक्सयूभी ४०० सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

काठमाडौं : महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले महिन्द्रा एक्सयूभी ४०० सार्वजनिक गरेको छ। योसँगै एक्सयूभी ४०० नेपालको लागि महिन्द्राको पहिलो विद्युतीय इभीको रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।

एक्सयूभी ४०० यसको चौथो सदस्यको रूपमा द्विन पिक परिवारमा सामेल हुनेछ। जसले उच्च-प्रदर्शन, स्टाइलिश र प्राविधिक रूपमा उन्नत रहेको कम्पनीले जनाएको छ।

स्ट्यान्ड आउट एक्सयूभी ४०० ईएल प्रो भेरियन्ट, एक शक्तिशाली ३९.४ किलोवाट ब्याट्री छ। यसले एकल गतिशील र कुशल ड्राइभिङ अनुभवको प्रतिज्ञा गर्दछ। विशेषगरी नेपाली बजारका लागि यो विशेष संस्करणले विभिन्न बजारका अद्वितीय आवश्यकताहरू र प्राथमिकताहरू पूरा गर्न आफ्नो प्रस्तावहरू अनुकूलित गर्ने महिन्द्राको क्षमतालाई प्रकाश पार्ने कम्पनीले जनाएको छ।

महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका अन्तर्राष्ट्रिय परिचालन प्रमुख सचिन अरोलकरले नेपालमा महिन्द्रा एक्सयूभी ४०० प्रस्तुत गर्न पाउँदा खुशी व्यक्त गरे। 

एक्सयूभी ४०० ब्याट्री र मोटरमा ३ वर्षको वारेन्टीको साथ उपलब्ध हुने कम्पनीद्वार विज्ञप्तिमा उल्लेख छ। जसले सुरक्षित र समस्या-मुक्त स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। 

कम्पनीका अनुसार एक्सयूभी ४०० को २९ जुनबाट २०२४ बाट बुकिङ शुरू भएको भएको छ। एक्सयूभी ४०० ईएलको मूल्य ५२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यसमा ३९.४ किलोवाट ब्याट्री रहेको कम्पनीले जनाएको छ।

असार १४, २०८१ शनिबार १९:३२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।