पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग

पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वर्गीय पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रस्ताब गरेका छन्। 

शनिबार पुष्पलाल जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले पुष्पलाल एक इमान्दार कम्युनिष्ट नेता र संस्थापक भएको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्न मिल्ने बताए। 

उनले भने, ‘पुष्पलाल नेपाल एउटा इमान्दार कम्युनिष्ट नेता र संस्थापक हो। यसको साथै उहाँ नेपालको राजनीतिक आन्दोलनको एउटा विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौँ। यहाँ सबैको उपस्थिति रहेको हुँदा पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन गर्न चाहन्छु।’

पुष्पलालले आजीवन निरन्तर नेपाली जनता र राष्ट्रको पक्षमा योगदान पुर्याएको भन्दै नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि उनको ठूलो योगदान रहेको विप्लवले बताए। 

असार १४, २०८१ शनिबार १९:१४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।