मधेश प्रदेश : असार २१ गते विश्वासको मत लिँदै मुख्यमन्त्री सिंह

मधेश प्रदेश : असार २१ गते विश्वासको मत लिँदै मुख्यमन्त्री सिंह

काठमाडौं :  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले असार २१ गते विश्वासको मत लिने भएका छन्। 

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्नेछ।

तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट बहुमत प्राप्त नगरेपछि जनमत पार्टीका सिंह बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। 

मुख्यमन्त्री सिंहलाई एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका गरी ५५ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। 

असार १३, २०८१ शुक्रबार १५:१५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।