हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन्।

असार १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नायव प्रमूख कार्यकारी अधिकृत श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवार दिने निर्णय गरेको हो।

प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले राजीनामा दिएपछि बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि श्रेष्ठलाई जिम्मेवारी दिएको हो।

बैठकले शाहको नेतृत्वमा कम्पनीले गैर–जीवन बीमा उद्योगको इतिहासमै पहिलो पटक मर्जर गराउन सफल भएको भन्दै योगदानको कदरसमेत गरेका छन्।

असार १३, २०८१ शुक्रबार १३:५४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।