‘माईली’बाट कमब्याक गर्दै प्रियंका, दलित एकल महिलाको भूमिका

‘माईली’बाट कमब्याक गर्दै प्रियंका, दलित एकल महिलाको भूमिका

काठमाडौं : आमा बनेपछि केही म्युजिक भिडियोमा मात्र अल्झिरहेकी नायिका प्रियंका कार्कीले फिल्म ‘माईली’बाट कमब्याक गर्ने भएकी छन्।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्मको निर्माण टिमले नायिका कार्कीलाई ‘माईली’ फिल्ममा अनुबन्धित गर्दै उनको तस्बिरसहितको पोस्टर समेत सार्वजनिक गरेको छ।

सत्य घटनामा आधारित भनिएको फिल्मको पोस्टरमा उनी फरिया, पटुकी, ब्लाउज र पछ्यौरामा देखिएकी छन्। नाकमा बुलाकी लगाएकी उनको निधारमा ठूलो रातो टीका छ।

पोस्टर रिलिजपछि सञ्चारकर्मीहरूमाझ बोल्दै फिल्मका लेखक तथा निर्देशक बाबु सायब बलामीले दलित एकल महिलाको कहानी फिल्मम प्रस्तुत हुने बताए।

उनले भने, ‘दलित एकल महिलाको कथामा बन्न लागेको फिल्ममा उनले सन्तान हुर्काउन गर्नुपरेको संघर्षलाई देखाउन खोजिएको छ।’

आमा बनेपछि प्रियंकाले फिल्म ‘डिग्री माइला’मा अतिथि कलाकारको भूमिकामा काम गरेकी थिइन्। मातृत्व अनुभव गरेपछि उनले यहि फिल्ममार्फत मुख्य भूमिकामा आउन लागेकी हुन्।

फिल्ममा प्रियंका बाहेक अन्य कलाकारहरूको बारेमा टिम खुलाउन चाहेन। मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायांकन हुने फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा र संवाद रहेको छ।

असार १३, २०८१ शुक्रबार १३:४४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।