एक हजारले बढ्यो सुनको मूल्य

एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख ४१ हजार १ सय रुपैयाँ हुँदा चाँदी १० रुपैयाँ बढेर १ हजार ७९० रुपैयाँ पुगेको छ।

बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४० हजार ८ सय रुपैयाँ थियो।

असार १३, २०८१ शुक्रबार ११:११:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।