नागार्जुनमा छमछमे खोलाको कल्भर्टमा कार खस्दा एक जनाको मृत्यु

नागार्जुनमा छमछमे खोलाको कल्भर्टमा कार खस्दा एक जनाको मृत्यु

काठमाडौं : उपत्यकाको नागार्जुन नगरपालिकास्थित रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

नागार्जुन-६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा बिहान साढे ५ बजे खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

दुर्घटनामा नागार्जुन नगरपालिका-६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको कार कल्भर्टबाट निकालिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

असार १३, २०८१ शुक्रबार ०८:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।