प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले संवैधानिक विधेयक पारितका लागि प्रस्ताव राख्ने

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले संवैधानिक विधेयक पारितका लागि प्रस्ताव राख्ने

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक विहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक २०८१’ लाई प्रस्तुत गर्न अनुमति मागेर प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यस्तै आजैको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन विधेयक २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

उनका अनुसार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन विधेयक २०८१ लाई पारित गरियोस् भनेर पनि प्रधानमन्त्रीले प्रस्ताव प्रस्तुत गर्नेछन्।

असार १३, २०८१ शुक्रबार ०७:२३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।