चिनिया ब्रान्ड केइको नेपालमा दुई आधिकारिक बिक्रेता, लक्ष्मी र गोल्छाबीच तीन हजारको प्राइज वार सुरु

चिनिया ब्रान्ड केइको नेपालमा दुई आधिकारिक बिक्रेता, लक्ष्मी र गोल्छाबीच तीन हजारको प्राइज वार सुरु

काठमाडौँ : चिनियाँ ब्रान्ड केइले आफ्नो उत्पादन नेपालमा बेच्न लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ईमोबिलिटीसँगै गोल्छा अर्गनाइजेसनअन्तर्गतको जीओ अटोमोबाइल्सलाई समेत आधिकारिक विक्रेता तोकेपछि एकै कम्पनीको इलेक्ट्रिक कारमा प्राइस वार सुरु भएको छ।

नेपालमा केईको एक्सथ्री प्रो ईभीको बिहीबारबाट बुकिङ खुल्ला भयो। बुकिङ खोल्दा लक्ष्मीको इमोबिलिटीले गोल्छाको भन्दा ३ हजार रुपैयाँ सस्तो मूल्य सार्वजनिक गर्यो।

लक्ष्मीले डिलक्सको ४६ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेर बुकिङ खुलाउँदा उता गोल्छाको जीओले भने ४६ लाख ९९ हजार रुपैयाँमा बुकिङ खुलाएको छ। यही कारको फ्ल्यागसिप भेरियन्टको मूल्य जीओले ४८ लाख ९९ हजार तोक्दा लक्ष्मीले ४८ लाख ९६ हजार मूल्य सार्वजनिक गर्यो।

कारमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

यो कारले सिङ्गल चार्जमा चार सय एक किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ। ७ किलोवाट क्षमताको एसी चार्जर रहेकाले ८ घण्टामा फुल चार्ज हुने र एक सय किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई आधा घन्टामा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी गरिएको छ।

एक्स–३ प्रो मोडलको लम्बाई ४ हजार ४ सय मिलिमिटर, चौडाई १ हजार ८ सय ३१ मिलिमिटर र उचाइ १ हजार ६ सय ५३ मिलिमिटर छ। ५ सिट क्षमताको एसयूभीमा २ हजार ६ सय ३२ एमएम लामो ह्वीलवेस रहेको बताइएको छ।

असार १२, २०८१ बिहीबार १९:१९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।