केईको इलेक्ट्रीक मोडल एक्स-३ प्रोको बुकिङ खुला, यस्तो छ मूल्य र विशेषता

केईको इलेक्ट्रीक मोडल एक्स-३ प्रोको बुकिङ खुला, यस्तो छ मूल्य र विशेषता

काठमाडौं : लक्ष्मी ई-मोविलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रीक एसयूभी एक्स-३ प्रोको बुकिङ खुला गरेको छ। कम्पनीले काठमाडौंको भाटभटेनीम शोरुम संचालनमा ल्याएसँगै बुकिङ खुला गरेको हो। सुरुमा एक्स-थ्री प्रो मोडल दुई भेरियन्टमा बुकिङ खुला गरिएको छ।
 
अहिले केर्ई एक्स-३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध हुनेछ। इन्टोडक्टरी प्राइसको हिसावले डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहने बताइएको छ।
 
कटिङ एज टेक्नोलोजी, स्लीक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स-३ प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शान्दार मोडल बन्ने कम्पनीले विश्वास लिएको छ। यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क २८० एनएम छ।
 
कम्पनीका अनुसार यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिनेछ। यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ। १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स-३ प्रो मोडलको लम्बाइ ४४०० मिलिमिटर, चौडाइ १८३१ मिलिमिटर र उचाई १६५३ मिलिमिटर रहेको छ। ५ सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस रहनेछ। यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ। पछाडि भने मल्टी लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ। यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ। ग्राहकले यसमा विभिन्न ५ कलर अप्सन पाउने जनाइएको छ। 
 
वातावरणमैत्री इलेक्ट्रीक एसयूभीको पर्फमेन्ससँगै स्लीक डिजाइन र मोर्डन फिचरहरू रहेका छन्। केई एक्स-३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी छन्। १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्यूल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ।
 
 यसमा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर छन्। एडासभित्र विशेषगरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, इबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन्। यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ। 

सुरक्षाको हिसाबले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमका मोटर लगायत इलेक्ट्रीकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ। 

असार १२, २०८१ बिहीबार १८:४८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।